क्रिकेट

मैत्रीपूर्ण महिला क्रिकेटमा वेस्टर्न क्रिकेट क्लब विजयी

०
Banner

चितवन, चैत २–

चितवनको माडीस्थित बसन्तपुरमा जारी ‘माडी क्रिकेट कप’ अन्तरगत सोमबार भएको मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा वेस्टर्न क्रिकेट क्लब रुपन्देही विजयी भएको छ ।

बसन्तपुर युथ क्लब, माडी र वेस्टर्न क्रिकेट क्लब रुपन्देहीबिच भएको मैत्रीपूर्ण खेलमा वेस्टर्न ७७ रनले विजयी भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको वेस्टर्नले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको माडीले १२ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमा अल आउट भयो।

३.४ ओभरमा बलिङ गरेर ६ विकेट लिएकी वेस्टर्नकी सुस्मिता भुषाल म्यान अफ दि म्याच घोषित भइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>