Breaking News

धुम्बाराही बैठकः २८ गतेको निर्णय फिर्ता हुँदैनः ओली

Banner

काठमाडौं, चैत २–

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् ।

नेकपा (एमाले) कार्यालय धुम्बाराहीमा आज (सोमबार) बसेको ओली र माधवकुमार नेपाल पक्षबीचको छलफलमा अध्यक्ष ओलीले कुनै पनि हालतमा निर्णयबाट पछि नहट्ने अडान राखेका हुन् । वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको थियो । तर ओली पक्ष सकरात्मक देखिएन ।

बैठकपछि बाहिरिएका नेता भीम रावलले ओली पक्षले २८ गतेको निर्णय फिर्ता लिए आफूहरु भेला पनि रद्द गर्ने भनिएपनि ओली सहमत नभएपछि बैठक सकिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>