Breaking News
ओली र माधव पक्षको आ–आफ्नै अडान, २८ गतेको निर्णय फिर्ता लिनुपर्ने माधव पक्षको शर्त
०

काठमाडौं, चैत २–
नेकपा (एमाले) कार्यालय धुम्बाराहीमा आज (सोमबार) बसेको अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच भएको वार्तामा दुवै पक्ष आफ्नो अडानमा उभिएका छन् ।
दुबै पक्षले आ आफ्नो धारणा राख्दै छलफललाई अघि बढाएका छन् । वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ ।
वार्ता सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























