क्रिकेट

माडी क्रिकेट कपको उपाधिका लागि माडी र टाँडी भिड्ने

Banner

चितवन, चैत १–

माडीको वसन्तपुरमा जारी माडी क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि दियो क्लब माडी र बैरिया क्रिकेट क्लब टाँडीबीच प्रतिस्पर्धा हुने भएको छ ।

आईतबारको पहिलो खेलमा दियो क्लब माडीले पोखरीया ११ वीरगञ्जलाई ८४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको दियो क्लब माडीले निर्धारित २० ओभरमा २२८ रन बनाएको थियो । जवाफमा २२९ रनको विजय लक्ष्य पछ्याएको वीरगञ्जले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन जोड्न सक्यो । दियो क्लब माडीका लागि म्यान अफ द म्याच समेत भएका रुपेश सिंहले ३ ओभर बलिङ गदैं ५ विकेट लिएर १८ रन खर्चिएका थिए ।

अर्को खेलमा देवेन्द्रपुर क्रिकेट क्लबलाई १ विकेटले पराजित गदै बैरिया क्रिकेट क्लब टाँडी विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको देवेन्द्रपुर क्रिकेट क्लबले १६.४ ओभरमा अलआउट हुदै १३० रनको योगफल तयार पारेको थियो । १३१ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको टाँडीले ९ विकेट क्षतिमा लक्ष्य पूरा गर्न सफल भयो ।

सो खेलमा ३८ रन बनाएका टाँडीका रहिम अन्सारी म्यान अफ द म्याच घोषित हुनुभएको छ ।
१६ वटा टिमले सहभागिता जनाएको सो प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको म्यान अफ द सिरिजले सात हजार ५०० रुपैयाँ, उत्कृष्ट ब्याट्स्म्यानले पाँच हजार रुपैयाँ, उत्कृष्ट फिल्डरले तीन हजार ५०० रुपैयाँ, उदयीमान खेलाडीले तीन हजार ५०० रुपैयाँ, प्रत्येक खेलका म्यान अफ दी म्याचले दुई हजार रुपैयाँ, अनुशासित टिमले पाँच हजार रुपैयाँ र सेमीफाइनलबाट बाहिरिने दुईवटै समूहलाई दश÷दश हजार रुपैयाँ प्रदान गरिने आयोजक कमिटीका अध्यक्ष पदम विलास पन्तले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>