अर्थ

चितवनमा पनि खुल्यो समृद्धि फाइनान्सको शाखा

Banner

– विनय आचार्य

चितवन, फागनु २८
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नारायणगढको मिलनरोडमा आफ्नो पाँचौ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको आज एक कार्यक्रमकाबीच समृद्धि फाइनान्स कम्पनीका अध्यक्ष विनोदकुमार सुवेदीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालक दिपक अधिकारी र चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलको सहभागिता रहेको थियो ।

हेटौंडामा प्रमुख कार्यालय रहेको यस कम्पनीको काडमाडौं, बुटल र पोखरामा पनि शाखा सञ्जाल रहेको छ । अध्यक्ष सुवेदीले समृद्धि फाइनान्सलाई देशका सबै सहरहरुमा विस्तार गर्र्दै लैजाने योजना रहेको सुनाए ।

संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>