Breaking News
भरतपुरमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्यो
०

चितवन, फागुन २६
भरतपुरमा मेघ गर्जनसहित आज साँझ पानी परेको छ ।
पश्चिमा वायुको प्रभावले पानी परेको हो । पानीपछि हावाहुरीले जनजीवन प्रभावित भएको छ । नारायणगढ र भरतपुरको बजारी क्षेत्रमा हावाहुरीको कारणले मानिसहरुको भागदौंड पनि भएको थियो ।
जल तथा मौसम विभागले देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई अपरान्ह पश्चात मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको थियो । भरतपुरका केही ठाउँमा पानीसहित असिना पनि परेको छ ।
त्यसैगरी मौसम विभागले भोलि बिहीबार देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । अपरान्ह पश्चात गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























