बजार

ज्योति लाइफ इन्सुरेन्सको बिमा शुल्क खल्ती डिजिटल वालेटबाट तिर्न सकिने

Banner

चितवन, फागुन २६-

वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् ।

ज्योति लाइफ इन्सुरेन्सले आज प्रेषित गरेको विज्ञप्तिअनुसार वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलबाटै बिमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको छ । यसरी बिमा गरेपछि रोजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बिमा कम्पनीले बेहोर्ने कम्पनीले जनाएको छ । म्यानपावर कम्पनी र रोजगारीमा जाने व्यक्तिहरु यस्तो बिमा रकम स्वयंले गर्नुपर्छ । सामान्यतया म्यानपावर कम्पनीहरूले बिमा गर्दा सामुहिक रुपमा जीवनको बिमा गर्छन् ।

विज्ञप्ति अनुसार बिमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेको वैदेशिक रोजगार विभाग बीमामा ट्याप गरेर आफ्नो पासपोर्ट नम्बरलगायतका विवरण भर्नुपर्छ । मागेको विवरण सबै भरेपछि तोकिएको शुल्क खल्ती एप वा भुक्तानी गर्न सकिन्छ । शुल्क भुक्तानी गरेपछि व्यक्तिको बिमा पोलिसी तयार हुन्छ । त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सक्नेछन् । यसले वैदेशिक रोजगारीमा जानेहरूलाई निकै सहज हुने कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>