Breaking News
देवघाटमा श्रीमान् बोकेर श्रीमती दौडिने प्रतियोगिता, विष्णु र पदमको जोडी पहिलो
०

देवघाट, फागुन २४–
१११ औं अन्तर्राष्ट्रि महिला दिवस विभिन्न खालका कार्यक्रम मनाइ रहँदा तनहुँको देवघाट गाउँपालिकामा भने सोमबार भिन्न प्रकृतिको कार्यक्रम गरिएको छ ।
महिला पनि पुरुष सरह सक्षम हुन्छन् भनेर देखाउनका लागि गाउँपालिकाले नै श्रीमतीले श्रीमान्लाई बोकेर दौडिने प्रतियोगिता गरेको छ । सोमबार देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङगणमा गरिएको प्रतियोगितामा १४ जोडी सहभागि भए ।
सो दौड प्रतियोगितामा स्थानीय विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भयो । यस्तै दोस्रो गंगा र नविन गुरुङको जोडी द्धितिय, सीता लामिछाने थापा क्षेत्री र बमहादुर थापाको जोडी तृतीय र उजेली पन्त पोखरेल र भरत पोखरेलको जोडीले सान्त्वना स्थान हासिल ग¥यो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























