अर्थ

नारायणगढ खुल्यो प्रेसिडेन्ट तास बजार, चेपाङ बालबालिकाले गरे उद्घाटन

Banner

चितवन, फागनु २४-

प्रेसिडेन्ट होटल ग्रुपले नारायणगढको पुलचोकमा प्रेसिडेन्ट तास बजार सञ्चालनमा ल्याएको छ । तास बजारको आज सोमबार एक कार्यक्रमकाबीच चेपाङ बालबालिकाहरुले रिवन काटेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा गामवेसी चेपाङ संरक्षण केन्द्रमा संरक्षित करिव एक सय चेपाङ बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै पे्रसिडेन्ट होटल गु्रपका अध्यक्ष एवं प्रेसिडेन्ट तास बजारका सञ्चालक संकर भट्टराईले प्रेसिडेन्ट होटल गु्रपको दशौं आउटलेटका रुपमा नारायणगढमा तास बजार सञ्चालनमा ल्याइएको बताए । उनले चेपाङ बालबालिकाबाट तास बजार उद्घाटन गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।

उनले तास बजारमा चितवनमा नपाइने धेरै प्रकारका तास पाइने दाबी गरे । खशी, कुखुरा, अण्डा र आलुको तास बनाइने उनले बताए । तास बाजारमा विभिन्न १५ प्रकारका तास उपलब्ध रहेको उनको भनाइ छ ।

प्रेसिडेन्ट होटल ग्रुप ‘न्यून दरमा सेवा र गुणस्तर तारे होटलसरह’ भन्ने नाराका साथ लागेको बताउँदै उनले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पु¥याएको बताए । यसैका कारण नै आफूले देशका विभिन्न सहरहरुमा होटल, रेष्टुरेन्ट खोल्न सकेको उनको भनाइ छ ।

कार्यक्रममा गावमेसी चेपाङ्ग संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मालाई चोपाङ्ग बालबालिकाका लागि भनेर शैक्षिक सामग्री तास बजारले प्रदान गरेको थियो । यस्तै कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई तास बाजरले मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>