Breaking News
कारागारमा रहेका कार्यकर्ता पनि उत्साहित छन्ः विप्लव
०

चितवन, फागुन २३–
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हाल कारागारमा रहेका कार्यकर्ताहरु निकै उत्साहित रहेको बताएका छन् ।
आज मात्रै चितवन आइपुगेका विप्लव भरतपुर कारागारमा आफ्ना दाई चन्द्र बहादुर चन्द ‘वीरजंग’ भेट गरेपछि नारायणी अनलाइनसंग कुरा गर्दै जेलभित्र रहेका कार्यकर्तामा छुट्टै उत्साह छाएको बताए ।
‘जेलमा कार्यकर्ता निकै उत्साहित, आत्मविश्वासी, दृढ निश्चयी छन्’–विप्लवले भने । शान्तिप्रक्रियामा आएपछि कार्यकर्ताबाट कस्तो प्रतिक्रिया पाउनु भयो भन्ने प्रश्नमा विप्लवले भने–‘हाम्रा कार्यकर्ता मात्रै होइन, सिंगै देश नै खुशी छन्, सारा नेपाली सकरात्मक छन् ।’
छोटो प्रतिक्रियापछि विप्लव बाहिरिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























