चितवन विशेष

पीडितमैत्री सेवा दिन्छुः डिएसपी राना

Banner

चितवन, फागुन २१–

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले पीडितमैत्री प्रहरी सेवा आफ्नो प्राथमिकता रहने बताएका छन् ।

तीन दिनअघि सो कार्यालयको जिम्मेवारी सम्हालेका डिएसपी रानाले शुक्रबार पत्रकारहरुसंगको भेटघाटमा पीडितमैत्री सेवामा कटिवद्ध रहने बताएका हुन् । ‘पीडितलाई न्याय दिने गरि काम गर्छु’ डिएसपी रानाले भने ‘चुस्तदुरुस्त र दु्रत सेवामा प्रतिवद्ध रहन्छु ।’ डिएसपी रानाले यस क्षेत्रको शान्ति सुरक्षा र अमनचयन राख्न आफ्नो टिम प्रतिवद्ध रहने पनि बताए ।

आम नागरिकको सहयोगले मात्रै अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम हुने उनको भनाई थियो । सोही अनुसार आफुले सहयोगको अपेक्षा राखेको रानाले बताए । अपराधी पत्ता लगाउने सवालमा आफू कठोर बन्ने पनि उनले बताए । पछिल्लो समय लागू औषध दुव्र्यसनी र साईवर क्राईम बढ्दै गएको उल्लेख गर्दै डिएसपी रानाले जनचेतना मुलक कार्यक्रम मार्फत यसलाई न्युनिकरण गर्ने बताए । देशको तेश्रो पर्यटकीय गन्तव्य सौराहा आफ्नै क्षेत्राधिकार भित्र पर्ने भएकाले यहाँ आपराधिक घटना नहोस् भन्नेमा चनाखो रहने पनि उनको भनाई थियो ।

आन्तरिक र वाह्य पर्यटक सुरक्षित रहने वातावरण समेत तयार पर्ने रानाले बताए । सो अवसरमा पत्रकारहरुले मिडियामैत्री भएर सूचना आदानप्रदान गर्न सुझाव दिएका थिए । डिएसपी राना यसअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>