चितवन विशेष

‘माडी शिवरात्री मेला’ हुने

Banner

चितवन, फागुन २०–

चितवनको माडीमा शिवरात्री मेला–२०७७ हुने भएको छ ।

बरुवा थारु समूह, सुनगाभा बाल क्लबको संयुक्त आयोजनामा यही फागुन २७ देखि २९ गतेसम्म मेला आयोजना हुन लागेको हो । महाशिवरात्री पूजाको दिनदेखि मेला सुरु हुनेछ ।

कोरोना भाईरस (कोभिड–१९) ले सुस्ताएको माडीको व्यवसायलाई ब्युताउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजक समितिका सह–संयोजक सञ्जय महत्तोले जानकारी दिए ।

“मेलाको साभार, संस्कृति र पर्यटनको आधार“ भन्ने नाराको साथ आयोजित तीन दिने मेला माडी–१, स्थित स्टार स्पोर्टस् खेल मैदानमा सञ्चालन हुनेछ । मेलाको पहिलो दिन भगवान् शिवको करिब ८ फिट अग्लो मुर्ति स्थापना गरी धार्मिक उत्सव मनाउने योजना रहेको महतोले बताए ।

दोस्रो र तेस्रो दिन माडीस्तरीय भलिबल प्रतियोगिता, बृहत सांस्कृतिक कार्यक्रम, फुड फेस्टिबललगायतका कार्यक्रमहरु हुने छन् । मेलामा करिब ६० वटा स्टलहरु रहने छन् । स्टल बुकिङ सुरु भई सकेको छ । मेलामा प्रवेश टिकट २० रुपैयाँ रहेको छ । परिचयपत्र सहित जाने विद्यार्थी तथा फरक क्षमता भएकाहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको हो । मेलाको प्रवद्र्धक माडी नगरपालिका रहेको छ भने सहआयोजकमा स्टार स्पोर्टस् क्लब, बरुवा टोल सुधार समिति रहेको छ ।

सहयोगी संस्थाहरुमा थारु कल्याणकारिणीसभा, आदिवासी जनजाती महासंघ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>