Breaking News
म माथि भौतिक आक्रमण हुन सक्छः प्रधानमन्त्री ओली
०
पोखरा, फागुन १७–
पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमण हुन सक्ने बताएका छन् ।
पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलामा सोमबार प्रधानमन्त्री ओलीले आफूमाथि आक्रमण हुन सक्ने बताए । सरकारले प्रभावकारी र गतिशील ढंगले विकास निर्माणका काम गरिरहेकाले आफू माथि शारीरिक आक्रमण हुन सक्ने उल्लेख गरेका हुन् ।
‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने।
तर यस्तो हुन नदिने उनले बताए। सतर्कता अपनाइने ओलीको भनाइ थियो।
‘तर त्यस्तो हुन दिइने छैन। सतर्कता अपनाउछौं। म रहिनँ भने पनि पार्टी र आन्दोलन छ। घुँडा टेक्न हुन्न। देश बनाउने र पार्टी अन्धकारमा पुर्याउन हुन्न,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























