Breaking News

सकियो प्रचण्ड–माधव पक्षको सचिवालय बैठक, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

Banner

काठमाडौं, १७ फागुन –
आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको सचिवालय बैठक सकिएको छ । बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोक्न बाँकी रहेको उनले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाउनुको कुनै अर्थ र ‍औचित्य नरहेको बैठकले ठहर गरेको छ । यस्तै बैठकले पार्टीको आधिकारिकता सम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>