खैरहनी

विपन्न समुदायको अनुभव साटासाट

Banner

चितवन, फागुन १६–

पूर्वी चितवनको रत्ननगरमा गरिव, विपन्न तथा सुकुम्वासी समुदायमा भएका गतिविधिका बारे खैरहनीका समुदायसंग अनुभव आदानप्रदान तथा अन्तक्रिया गरिएको छ । लुमन्ती आवासका लागि सहयोग समुहले आईतबार खैरहनीका लक्षित समुदायलाई रत्ननगरमा रहँदा गरेका क्रियाकलाप र त्यहाँका समुदायको अनुभव आदान प्रदान गराएको हो ।

अनुभव आदानप्रदानका लागि खैरहनीका जनप्रतिनिधीसहित यहाँका विपन्न समुदायका अगुवाहरु रत्ननगर पुगेका थिए । उनीहरुले रत्ननगरका नेपाल बसोबास र विपन्न समुदाय व्यवस्थापन मंचका पदाधिकारीसंग अनुभव साट्नुका साथै शहरी गरिव सूचना केन्द्र, सुकुम्वासी समुदाय महिलाहरुबाट संचालित आकृति महिला बचत तथा ऋण सहकारी संस्थाका बारे जानकारी लिएका थिए । लुमन्ती आवासका लागि सहयोग समूह खैरहनीका कार्यक्षेत्र संयोजक शिंहबहादुर लामाको अध्यक्षता भएको कार्यक्रममा नेपाल बसोबास र विपन्न समुदाय व्यवस्थापन मंचका मायानाथ भट्ट, दिलबहादुर गुरुङ, सुनिता तामाङले रत्ननगरमा भएका गतिविधिबारे जानकारी गराए ।

खैरहनीमा हालै मात्र लुमन्तीले यहाँका विपन्न, गरिव तथा सुकुम्वासी समुदायको उत्थानका लागि परियोजना संचालन गरेको छ । अन्र्तक्रिया कार्यक्रममा खैरहनी–७ का वडाध्यक्ष समेत रहेका सामाजिक विकास समिति संयोजक मनेजर महतोले विपन्न समुदायको उत्थानका लागि लुमन्तीले सुरुवात गरेको परियोजनासंग सहकार्य गरेर लक्षित समुदायको दिर्घकालिन विकासको काम गर्ने बताए । समिति संयोजक महतोले ति समुदायमा जनचेतना अभिवृद्धी गराएर आयआर्जनमा समेत टेवा पुर्‍याउन परियोजनाले मद्यत गर्ने बताए । खैरहनी नगरपालिकाले महिला लक्षित तालिमसहित वस्तुगत टेवा समेत दिएको उल्लेख गर्दै समिति संयोजक महतोले लक्षित समुदायको माग अनुसार सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>