चितवन विशेष
नेपाली हर्ट टिकटक ग्रुपद्धारा चितवन मानव सेवा आश्रममा खाद्यान्न सहयोग
०

चितवन, फागुन १६–
नेपाली हर्ट टिकटक ग्रुपले आज (आइतबार) चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
ग्रुपका होस्टर डिल्लीराज पराजुलीले आश्रमका उपाध्यक्ष विनोद ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरे । ग्रुपले लत्ताकपडासंगै खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
यस्तै सोही अवसरमा आश्रमको अक्षयकोषमा समेत नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरिएको ग्रुपका सदस्य राजेश भुषालले जानकारी दिए ।
यसअघि शनिबार सो ग्रुपले देवघाटको रामजानकी बालिका आश्रम र समाज कल्याण केन्द्र वृद्धआश्रम देवघाटधाममा आश्रितहरुलाई सहयोग गरेको थियो ।
यस्तै ग्रुपले पाल्पा, बर्दिया, प्यूठानलगायतका जिल्लामा दृष्टिविहीन, अनाथ बालबालिका, पीडित व्यक्तिहरुलाई सहयोग गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























