खैरहनी

खैरहनीमा लुमन्तीको परियोजना सुरु

Banner

चितवन, फागुन १२–

गरिब, विपन्न र सुकुम्बासी समुदायको उत्थानका लागि लुमन्ती (सम्झना)ले चितवनको खैरहनीमा परियोजना सुरु गरेको छ । खैरहनी नगरपालिकासंग सहकार्य गर्दै यहाँका लक्षित समुदायको विकासका लागि लुमन्तिले समुदायको अगुवाइमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सामुदायिक सबलीकरण कार्यक्रम संचालन गरेको हो ।

बुधबार नगरपालिकामा एक कार्यक्रम गरि परियोजनाका बारे यहाँका जनप्रतिनिधि र नगरपालिकाका कार्यालय प्रमुख, शाखा प्रमुखहरुलाइ जानकारी गराइएको छ । तीन वर्षे परियोजना अन्तर्गत सुकुमबासी समुदायको लागि आर्थिक, सामाजिक विकास, सशक्तिकरणसहित सुरक्षित आवास निर्माण, भौतिक पूर्वाधार निर्माण र खानेपानी धारा जडानलाई प्राथमिकता दिएर समुदाय स्तरका काम गर्ने लुमन्ती कार्यक्षेत्र संयोजक शिंहबहादुर लामाले जानकारी दिए । कार्यक्रममा नगर प्रमुख लालमणि चौधरीले सुकुमबासी समुदायलाई आत्मनिर्भर बनाउन परियोजनाले मद्दत गर्ने बताए । अरुले दिएर कोही सक्षम हुदैन नगर प्रमुख चौधरीले भने–‘लक्षित समुदायलाई आत्मनिर्भर बनाउन सके नगर समृद्ध बन्छ ।’

परियोजनाका बारे जानकारी दिदै लुमन्ती कार्यक्षेत्र संयोजक लामाले नगरपालिका र लुमन्ती संस्थाको सहकार्यमा सूचना केन्द्र स्थापना गरिने छ । गरिब, विपन्न र सुकुमबासी समुदायका सम्पूर्ण विवरण समावेस गरेर सूचना केन्द्र स्थापना गर्न लागिएको लामाले बताए । सूचना केन्द्रमा सुकुमबासीको अवस्था, घरधुरी संख्या, जनसंख्यासहित उनीहरुका लागि गर्नुपर्ने काम र भएका प्रयासहरुको बारेमा विवरण राखिने उनले जानकारी दिए । कार्यक्रममा नगर उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेसहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि श्यामसुन्दर ढकाल, नगरपालिका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>