Breaking News

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुहुन्नः सल्लाहकार थापा

Banner

काठमाडौं, फागुन ११–

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने फैसला गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने बताएका छन् ।

मंगलबार राती सामाजिक संजाल फेसबुकमार्फत स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको सामना गरेर नै सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने बताए ।

उनले सर्वोच्च अदालतले गरेको फैसला विवादस्पद रहेपनि स्वीकार गर्नै पर्ने भन्दै कार्यान्वयन समेत गर्ने बताए । उनले यसको दुष्प्रभावहरु समेत भविष्यमा देखिने बताएका छन् । सर्वोच्चको फैसलाले राजनीतिक समस्याहरुको कुनै हल नहुने भन्दै झनै अस्थिरता बढ्ने र सत्ताको खेल बढ्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>