Breaking News

कृषि मन्त्री पद्मा अर्यालद्वारा चितवनका किसानलाई धान रोप्ने मेसिन हस्तान्तरण

Banner

चितवन, फागनु ६-

चितवनको खैरहनी र रत्ननगरका किसानलाई कृषि मन्त्री पद्मा अर्यालले चार चक्के धान रोप्ने दुईवटा मेसिन हस्तान्तरण गरेकी छन् ।

रत्ननगर नगरपालिका –६ बछ्यौली र खैरहनीको कुमरोजमा रहेको साना किसान सहकारी संस्थालाई मन्त्री अर्यालले सो मेसिन हस्तान्तरण गरेकी हुन् । मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रिकरणको लागि किसानलाई मन्त्रालय जस्तो सुकै सहयोग गर्न तयार रहेको बताइन् ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत अनुदानमा ४१ लाख ८० हजार रुपैयाँमा दुई वटा मेसिन किनिएको आयोजनाका अधिकृत माधव पौडेलले नारायणी अनलाइनलाई बताए । किसानहरुले कुमरोज र बछ्यौलीमा सामुदायिकरुपमा धान खेती गर्दै आएका थिए । चितवनमा विसं २०४५ सालबाट साना किसान कार्यक्रम सुरु भएको थियो । रत्ननगर नगरपालिकाका तीन हजार १९२ घरधुरी साना किसानमा आवद्ध रहेका छन् । यस सहकारीले धान खेतीमा यान्त्रिकरणको प्रयोग र चक्लाबन्दीलाई विशेष प्राथमिकता दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>