Breaking News

माडीमा ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

Banner

माडी, फागुन ५ –

माडी नगरपालिका वडा नं ८ मा ट्याक्टर दुर्घटना हुदाँ एक युवकको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक माडी नगरपालिका वडा नं ८ इन्द्रबस्ती बस्ने मोतीराम सुनारका छोरा वर्ष २२ का मनोज सुनार रहेका छन् ।

इन्द्र बस्ती टुनामुना खोला सिरानमा ढुङ्गा उठाउन जाने क्रममा ना ५ त ३०४५ नं को ट्याक्टर पल्टिदा सुनारको ट्याक्टरले च्यापिएर घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यलय माडीले जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल भरतपुर पठाइएको प्रहरी प्रमुख झलक शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>