Breaking News
आज चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगिताको फाइनल खेल हुँदै
०

चितवन, फागुन ५ –
चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगिता को फाइनल खेल आज हुँदैछ । खैरहनी नगरपालिका ४, लाफा गाउँ खेल मैदानमा खेलको तयारी हुँदैछ ।
आज सगरमाथा रिकण्डिसन भरतपुर र लामा स्पोर्ट क्लब वीरेन्द्र नगर बीच खेल हुँदैछ । खेलमा १४ टिमको सहभागिता रहनेछ । सोनी लाफा युवा क्लबको २६ औं वार्षिक उत्सवको अवसर तथा प्रथम सहिद लखन थापा मगर १४४ औं स्मृति दिवसका दिन फागुन २ बाट खेल सुरु भएको थियो ।
खेलको प्रथम पुरस्कार ३० हजार रहेको छ भने दोस्रो २० हजार रहेको छ । २/२ वटा खेल जितेर टिम फाइनलमा पुगेको खेल संयोजक निरन थापा मगरले जनाए । सो क्लवले प्रथम सहिद लखन थापा मगरको स्मृतिमा वर्सेनि भलिबल खेल आयोजना गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























