चितवन विशेष

माडीको बघौंडामा निःशुल्क स्वास्थ्य शिविर

Banner

चितवन, फागुन ४

माडी नगरपालिकाको बघौंडामा आज निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

नारायणगढ रोटरी क्लब र थारु कल्याणकारिणी सभा चितवनको संयुक्त आयोजनामा माडीको बघौडामा रहेको थारु सङ्ग्रहालयपरिसरमा सो शिविर गरिएको हो ।

शिविरमा ३५० बढी स्थानीयको पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण, स्त्री तथा प्रसुति रोग, बाथ, हाड जोर्नी तथा नशा रोग, नाक कान घाँटी रोग एवम् छाती तथा पेटको रोगसम्बन्धी रोगको स्वास्थ्य परीक्षण गरिनुका साथै बिरामीलाई निःशुल्क औषधिहरू वितरण गरिएको नारायणगढ रोटरी क्लबका अध्यक्ष अनुकुल श्रेष्ठले बताए । रोटरी क्लबले माडीमा यसभन्दा अगाडी पनि निःशुल्क स्वास्थ्य शिविर गरेको थियो । त्यस्तै विभिन्न स्थानमा खानेपानी, सरसफाइका कार्यक्रमलगायत अन्य सामाजिक विकासका कार्यक्रमहरू पनि क्लबले सम्पन्न गरिसकेको क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले बताए ।

नारायणगढ रोटरी क्लबका सदस्य एवम् बालरोग विशेषज्ञ डा. स्वेता गुप्ता, नाक कान घाँटीका वरिष्ठ सर्जन डा. अपार पोखरेल, फिजिसियन डा. नवराज लामिछाने, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. पुष्प चौधरी, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रकाश कँडेल एवम् विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अस्मिता न्यौपानेलगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको उक्त कार्यक्रममा सहआयोजकमा स्पाउज क्लब अफ आरसी नारायणगढ, रोट¥याक्ट क्लब अफ नारायणगढ, थारु कल्याणकारिणी सभा–क्षेत्र नं. १, मिडिया सहयोगीको रुपमा स्वदेश एफएम तथा स्वास्थ्य प्राविधिक सहयोगीमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र एभरेष्ट अस्पताल प्रालि, भरतपुर रहेको कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ नारायणगढका प्रथम उपाध्यक्ष भोलानाथ लामिछानेले बताए ।

आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले निःशुल्क स्वास्थ्य शिविरको समापन कार्यक्रममा अर्का आयोजक नारायणगढ रोटरी क्लब लगायत अन्य सहआयोजक संस्थाका साथै सम्पूर्ण चिकित्सक टोली एवम् स्वास्थ्यकर्मीलाई माडीसम्म आएर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेकोमा हार्दिक आभार प्रकट गरे । कार्यक्रममा नारायणगढ रोटरी क्लबका निवर्तमान अध्यक्ष सुसनलाल प्रधान, स्पाउज क्लब अफ आरसी नारायणगढका अध्यक्ष मनसा थैव श्रेष्ठ, रोट¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष सुष्मा गुरुङलगायत आयोजक तथा सहआयोजक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>