खेलकुद
प्रधानमन्त्री कप व्याडमिन्टनः रसिलालाई हराउँदै जेसिकाले जितिन् उपाधि

चितवन, फागुन २–
चितवनमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगता २०७७ अन्तरगत वुमन्स सिङ्गलतर्फको उपाधि जेसिका गुरुङले जितेकी छन् ।
भरतपुर कवर्डहलमा शनिबार साझ भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवकी रसिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेसिका गुरुङले उपाधि जितेकी हुन् । पहिलो सेट २१–१८ ले जितेकी जेसिका दोस्रो सेटमा १७–२१ ले गुमाइन् । अन्तिम सेटमा पुनरागमन गर्दै जेसिकाले २१–१७ ले नै रसिलालाई हराइन् र उपाधि जितिन् । उनले नगद एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो स्थानमा चित्त बुझाएकी रसिलाले ५५ हजार नगद, ट्रफी प्राप्त गरिन् ।
यस विधातर्फ त्रिभुवन आर्मी क्लवकी अनुमाया राइ र अमिता गिरीले तेस्रो स्थान प्राप्त गरिन् । सेमीफाइनलमा पराजित भएपछि उनीहरु तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका हुन् । उनीहरुले १५÷१५ हजार रुपैयाँ प्राप्त गरे ।
























