Breaking News

चितवनमा पर्यटन मन्त्रालयको करोडौं लगानी, रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बा बनाइने

Banner

चितवन, फागुन १-

आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चितवनका दुई नगरपालिकामा १२ करोड ३४ लाखका दुई योजना ल्याएको छ ।

पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले स्थानीय तहको माग अनुसार पर्यटन मन्त्रालयले ती योजना ल्याएको हो । माघ २९ गते मन्त्रालयले चितवनका दुई योजना अगाडि बढाउने निर्णय गरेको थियो ।

सरकारले छानेका आयोजनामा कालिकाको गुम्बा र रत्ननगरको पार्क रहेका छन् । चितवनको रत्ननगरमा सात करोड लगानीमा रत्ननगर वाटर किङ्डम र कालिका नगरपालिकाको ढोकुन थार्वालिङ गुम्बा क्षेत्र पूर्वाधार निर्माण तथा व्यवस्थापनमा पाँच करोड ३४ लाख रुपैयाँ लगानीको योजना ल्याएको हो । रत्ननगरको वाटर किङडमको लागि लागत अनुमान सात करोड रुपैयाँ रहेको छ । जसमा मन्त्रालयको लागत चार करोड ५५ लाख मन्त्रालयको लागत र साझेदारी लागत दुई करोड ४५ लाख रहेको छ । त्यसैगरी कालिका नगरपालिकाको ढोकुन थोर्वालिङ गुम्बा क्षेत्र पूर्वाधार निर्माणको लागत अनुमान पाँच करोड ३४ लाख रहेको छ । जसमा पर्यटन मन्त्रालयको लागत तीन करोड ४८ लाख रहेको छ भने साझेदारी लागत एक करोड ८६ लाख रहेको छ ।

यी स्थलमा मन्त्रालयले स्थानीय तहको साझेदारीमा एक वर्षदेखि तीन वर्षसम्म पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास गर्ने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । यसमा स्थानीय तहले थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नुपर्नेछ । यी आयोजना सञ्चालनका क्रममा सयौंले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अपेक्षा छ ।

रत्ननगर नगरपालिकाका इञ्जिनियर पंकज गिरीले रत्ननगरमा बन्ने वाटर किङ्डम सार्वजनिक जग्गाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने गरी सो योजनाको डीपीआर तयार गरिएको छ । उनले भने, ‘ किङडमको लागि नगरपालिकाको वडा नम्बर ८ को सार्वजनिक जग्गामा सो पार्क बन्नेछ । त्यहाँ २३ कठ्ठा जग्गा रहेको छ ।’ यस योजनाअनुसार त्यहाँ फन पार्कको शैलीमा पर्यटकहरुले आनन्द लिने गरी स्विमिङ पुलसहित खेलकुद र मनोरञ्जन पार्क निर्माण गरिने उनले नारायणी अनलाइनलाई जानकारी दिए ।

त्यसैगरी कालिका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विनोद रेग्मीले ऐतिहासिक गुम्बा निर्माणको लागि जुटपानीको कमलचोकमा सो योजना निर्माण गरिने बताए । उनले नारायणी अनलाइनलाई भने, ‘ ढोकुन थोर्वालिङ गुम्बा क्षेत्रमा गुम्बा र स्तुपाहरु निर्माण गरिने छ ।’

प्रतिकात्मक तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>