Breaking News

निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

Banner

काठमाडौं, माघ २७–

प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) निर्वाचन आयोग जाँदैछन् ।

निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेका हुन् । उनी बिहान ११ बजे आयोग जाने तयारी छ ।

निर्वाचन आयोगले छलफलका लागि नेकपाका दुवै शीर्ष नेताहरुलाई बोलाए पनि दुई समूहले आफ्नो प्रतिनिधि मात्रै पठाएको थियो ।
लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए ।

प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>