चितवन विशेष
उवासंघ–चितवनमा महिलाहरुलाई अचार बनाउने तालीम

चितवन, माघ २६–
उद्योग वाणिज्य संघ–चितवनमा सोमबारदेखी चार दिने अचार बनाउने तालीम शूरु भएको छ । गृहिणीमहिला र सम्भावित उद्यमी महिलालाई लक्षित गरी तालीम आयोजना गरिएको हो ।
उद्घाटन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कुनै औपचारिक शिक्षा, योग्यता तथा अनुभव नभएका महिलाहरुले पनि आफ्नो घरमै बसी आयआर्जन गर्न सक्ने भएकाले तालीमको आयोजना गरिएको बताए । उनले महिलाहरुले बनाएको अचार घरमा मात्र उपभोग नगरि यसलाई व्यवसायीकरण गर्नुपर्ने बताउंदै उत्पादन भएको अचारको बजारीकरणका लागि उद्योग वाणिज्य संघ–चितवनले पूर्ण सहयोग गर्ने बताए ।
सोहि कार्यक्रममा बोल्दै महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्ने आवश्यकता रहेको बताउंदै आर्थिक सवलीकरणका लागि सीप हासिल गरी प्राप्त सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नुपर्ने बर्ता । सोहि अवसरमा संघका तालीम संयोजक योगिता पियाले स्थानीय रुपमा उपलब्ध हुने स्रोतलाई सहज तरिकाले प्रशोधन गरी उत्पादन गर्न सकिने भएकोले तालीमले आयआर्जनमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताइन् ।
तालीमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक मुना श्रेष्ठले उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने कुनै पनि कार्यक्रम गुणस्तरिय रहने भन्दै आफुले जानेको ज्ञान र सीपलाई सहभागिहरु महिलाहरुलाई हस्तान्तरण गर्न पाउँदा आफुलाई खुशी लागेको बताइन् । महिला उद्यमशिलता विकास एवम् सशक्तिकरण अन्तरगत आयोजना गरिएको उक्त कार्यक्रममा ८० जना महिलाहरुको सहभागिता रहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
चार दिनसम्म चल्ने तालीमको उद्घाटनसत्रमा संघका उपाध्यक्ष चिरञ्जिवि सुवेदी, कार्यसमिति सदस्य लक्ष्मी रिमाल, शर्मिला न्यौपाने, पूर्णिमा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । संघका व्यवस्थापन सहायक गणेश सुवेदीले सञ्चालन गरेको कार्यक्रम संघका अध्यक्ष राजु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
























