चितवन विशेष
चितवनको माडीमा भएको दुर्घटनामा एकको मृत्यु, एक घाइते
०

चितवन,माघ २६-
चितवनको माडीमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका ४ स्थित अम्रौलीमा स्तभदेखि बसन्तपुर जाँदै गरेको ना ३८ प ७७३५ नम्वरको स्कुटरको ठक्करबाट स्थानिय ६४ बर्षिया जुनुई महतोको मृत्यु भएको हो ।
स्कुटरको ठक्करबाट गम्भिर घाइते भएकी महतोको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज दिउसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते महतोको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि घाइतेलाई भरतपुर ल्याइएको थियो । मृतकको शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
दुर्घटनामा स्कुटर पछाडि सवार माडी नगरपालिका ३ का हरि भुजेल घाइते हुनुभएको छ । उहाँको बघौडा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























