Breaking News

बन्दको आह्वान गर्दै चितवनमा प्रचण्ड-माधव समूहको राँके जुलुस (भिडियोसहित)

Banner

चितवन, माघ २१–

बन्दको आह्वान गर्दै नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहले चितवनमा राँके जुलुस निकालेको छ ।

आज (बुधबार) साँझ नारायणगढको लायन्सचोकबाट सो समूहले राँके जुलुस निकालेको हो । राँके जुुलुसमा नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य एवंम भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, प्रदेश सांसद घनश्याम दाहाल, प्रचण्ड–माधव समूहका जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतका नेताहरु सहभागि थिए ।

जुलुस सहीदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रहरीले जुलुसलाई सुरुदेखि नै रोक्ने प्रयास गरेको थियो । सो क्रममा प्रहरीले केहीको मसाल समात्दै निभाउँदै गरेको थियो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । कोणसभामा बोल्दै नेता इश्वर सापकोटा ‘सुमन’ले भोलिको बन्द सफल पार्नका लागि राँके जुलुस निकालिएको जानकारी दिए ।

प्रचण्ड–माधव समूहले आज पत्रकार सम्मेलन गरी भोलि (बिहीबार) आमहड्ताल घोषणा गरेको छ । सरकारले आज विरोधकाबीच संवैधानिक आयोगहरुमा नियुक्ती गरेपछि सो समूहले आकस्मिक पत्रकार सम्मेलन गर्दै आमहड्तालको घोषणा गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>