बजार

एनसेलले भारत कल गर्न सुलभ दरका भ्वाइस प्याक ल्यायो

Banner

काठमाडौं, माघ २०-

एनसेलले प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफन्तसँग कुरा गर्न सक्ने अफर ल्याएको छ ।

एनसेल आजियाटा लिमिटेडले आज प्रेषित गरेको विज्ञप्ति अनुसार विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको हो ।

‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याइएको यो अभियानले भविष्यको पुनःकल्पनागर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ । दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले कर सहितमात्र २५ रुपैयाँमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई व्यापार व्यावसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्नेछन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसिमा रहन्छ । यो भ्वाइस प्याकखरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स १ ह्यास डायल गर्न सक्छन् ।

त्यस्तैगरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहककालागि तीन दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीन दिनको समय सिमा रहेको यो भ्वाइस प्याकग्राहकले कर सहितमात्र रु १४ मा खरिद गर्न सक्छन् र मात्र रु १.९९ प्रतिमिनेट (कर सहित रु २.५४ प्रतिमिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्यतथा साथिभाइसँग सम्पर्कमा रही रहन सक्छन् ।
भ्वाइस प्याकबिनाभारत कलगर्दा विद्यमानशुल्क रु २.९९ प्रतिमिनेट (कर सहित रु ३.८२ प्रतिमिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स २ ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजनाल्याइएको कम्पनीले जनाएको छ । भारतमा रहेका परिवारजन, आफन्त, साथीभाइ वा व्यापार व्यावसायसँग सम्बन्धित समकक्षीसँग सुलभ दरमा कुरा गर्न सकिने गरी प्रिपेड ग्राहकका लागि भ्वाइस प्याक ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>