Breaking News

प्रचण्ड-माधव पक्ष नेकपाको आधिकारिकता माग्दै निर्वाचन आयोगमा जाने

Banner

काठमाडौं,माघ १९-

विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले केपी ओलीलाई पार्टीको साधारण सदस्यताबाट र विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । कार्की पार्टी प्यालेसमा सोमवार बसेको केन्द्रीय प्रचण्ड अध्यक्षताको बैठकले सो निर्णय गरेको हो । यसअघि प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश भएको हो । बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै पत्रसहित निर्वाचन आयोगमा जाने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपाका दुवै पक्षले यसअघि आ आफ्नो निर्णय अभिलेखीकरणका लागि पत्र पठाएका थिए । दुवैको दाबी नपुगेको निर्णय आयोगले गरेपछि प्रचण्ड-माधव पक्ष दलको आधिकारिकता मागेर आयोग जान लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>