चितवन विशेष

चितवनको रत्ननगरमा बसले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु (अपडेट)

Banner

चितवन,माघ १३-

चितवनको रत्ननगरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बांकी रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।

नारायणगढ तर्फ जाँदै गरेको बा २ ख ५६७४ नम्बरको बसले बिपरित दिशा तर्फ जाँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई हरिहर मन्दिर अगाडि ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका उनिहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शाहले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>