Breaking News
नेपालमा ३३६ जना कोरोना संक्रमित थपिए, थप २२६ कोरोना मुक्त
०

काठमाडौँ, माघ ८-
नेपालमा पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ६८ हजार ६४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार ७९९ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म दुई लाख ६२ हजार ८६८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७९ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























