अर्थ

सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढ्यो

Banner

काठमाडौँ, माघ ८ –

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै ६०० रूपैयाँले उकालो लागेको छ ।

प्रतितोला ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा १५ रूपैयाँले बढेको छ । तोलाको एक हजार २६० रूपैयाँमा बुधबार कारोबार भएको चाँदी आज भने एक हजार २७५ रूपैयाँ निर्धारण भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>