Breaking News
नेपालले दियो ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्ध खोप प्रयोगको अनुमति
०

काठमाडौं, माघ २-
औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ। औषधी व्यवस्था विभागको शुक्रबार बसेको बैठकले उक्त खोप आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो।
सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति दिइएको यो पहिलो खोप हो।
विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ। भारतमा भोलिदेखि यो खोप आममानिसलाई लगाउन थालिनेछ।
खोप प्रयोगको आपतकालीन अनुमति प्रदान गरिएसँगै खोप चाँडो आउने विश्वास लिइएको छ। सरकारले निजी क्षेत्रलाई पनि खोप आयात गर्ने अनुमति दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























