Breaking News

भरतपुर महानगरपालिकाको राजस्व संकलनमा यस वर्ष झण्डै एक करोडले कमी

Banner

चितवन, पुस २८-

भरतपुर महानगरपालिकाले यस आर्थिक वर्षको पुस २३ गते सम्ममा २२ करोड बढी राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४१ प्रतिशत अर्थात् ९८ लाख ३३ हजार ४३६ सय ४६ रुपैयाँले कमी आएको हो ।

महानगर प्रमुख रेनु दाहालका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को प्रभावलगायतका कारण महानगरपालिकाको आन्तरिक आयमा केही कमी आएको छ ।

महानगरको आज सकिएको सातौं नगरसभामा यस आर्थिक वर्षको पुस २३ गतेसम्म महानगरपालिको आन्तरिक राजस्व २२ करोड २७ लाख ९९ हजार १४ रुपैयाँ संकलन भएको जनाइएको हो । यद्यपी यस अवधिसम्मको आन्तरिक आयको तथ्याङ्कलाई विश्लेषण गर्दा निराशाजनक अवस्था नरहेको प्रमुख दाहालको भनाइ छ ।

चालु आवको बाँकी अवधिमा लक्ष्य अनुसार राजस्व असूलीका लागि साना ठूला करदातको सूचीकरण, वडामा स्थलगतरूपमा कर शिक्षा र स्थलगत रूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्था जस्ता उपायहरू अवलम्बनमा जोड दिइ करको दायरा फराकिलो पार्दै लगिएको प्रमुख दाहाल बताउँछिन् । करदातामैत्री प्रणाली विकास मार्फत् करको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ ।

कोरोनाका कारण देशको आर्थिक अवस्था मजबुद हुन नसक्दा पनि भरतपुर महानगरले राम्रै राजस्व संकलन गर्न सफल भएको महानगर प्रमुख दाहालले जानकारी दिइन् । यद्यपि गत वर्षको तुलनामा भरतपुर महानगरमा राजस्वमा कमी आएको छ ।

भरतपुर महानगरको सातौ नगरसभामा नगर प्रमुख रेनु दाहालबाट भएको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनको समीक्षात्मक प्रस्तुतिमा कोभिड १९ का कारण पनि राजस्व संकलनमा निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख छ ।

महानगर प्रमुख दाहालले नगर सभामा चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि कूल राजस्व तीन अर्ब ३१ करोड ६४ लाख ८९ हजारमध्ये आन्तरिक स्रोततर्फ ९० करोड अनुमान गरिएको जानकारी गराएकी थिइन् । उनका अनुसार उक्त आन्तरिक राजस्वका स्रोतका शीर्षकहरूमा मुख्यरूपमा घर बहाल करतर्फ आठ करोड, नक्सा पास दस्तुरतर्फ सात करोड २० लाख, एकीकृत सम्पत्ति करतर्फ चार करोड, व्यवसाय दस्तुरतर्फ ६ करोड, विभिन्न सिफारिस दस्तुरतर्फ सात करोड, अन्य क्षेत्र आय ४० करोड, अन्य बिक्रीमा ढुङ्गा, गिट्टीलगायतका बिक्रीबाट जम्मा ६ करोड ८० लाखसमेत गरी राजस्व प्रक्षेपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>