चितवन विशेष

पुर्वी चितवनको राप्तीमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

Banner

चितवन, पुस २७ –

पुर्वी चितवनको राप्ती नगरपालिकामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती ५ का ६० वर्षीय पुरुष रहेका छन् । ती पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार पुस १९ गते श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो । ती पुरुषलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।

चितवनमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेहरूको संख्या १०३ पुगेको छ भने कोरोना संक्रमितको संख्या ६ हजार ५४३ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>