Breaking News

नेपाल सुनचाँदी व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्षमा चितवनका रसाइली र उपाध्यक्षमा रामुदामु निर्वाचित

Banner

चितवन,पुस २६-

नेपाल सुन चाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित हुनुभएको छ । महासंघको तेस्रो अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा चितवनका अर्जुन रसाइली निर्वाचित हुनुभएको छ ।

यस्तै महासंघको उपाध्यक्षहरुमा चितवनका विपिन रामुदामु सहित मोहनकाजी शाक्य र दियेश रत्न शाक्य निर्वाचित हुनुभएको छ । यस्तै एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी र महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा किरणभाई बज्राचार्य र वाबुराम विश्वकर्म निर्वाचित हुनुभएको छ ।

महासंघको प्रवक्तामा मनोजकुमार शाह र सह कोषाध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित हुनुभएको छ । महासंघका विधानमा ५५ सदस्यीय कार्यसमिति रहने ब्यवस्था छ । साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद सिर्जना गरेको छ । उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गावहादुर सुनार, महेन्द्ररत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाललाई चयन गरिएको छ । महासंघको सचिवमा केशबहादुर सुनार तथा सहकोषध्यक्षमा रमेश रसाइली चुनिनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>