चितवन विशेष

भरतपुरमा पृथ्वी जयन्तीको अवसर पारेर जन्मजयन्ती सभा हुदै, भोलि ११ बजे शान्तीपूर्ण ¥यालि निकालिने

Banner

भरतपुर, पुस २६ –

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर भरतपुरमा जन्मजयन्ती सभा हुने भएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन भोलि सोमबार भरतपुरमा शान्तीपूर्ण प्रर्दशन सहित विशेष सभा गर्न लागिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका प्रवक्ता राजु भण्डारीले सोमबार विहान साढे ११ बजे केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) देखि चौविसकोठी–मालपोतहुदै शान्तीपूर्ण ¥याली निकालिने बताउनुभयो । ¥याली पारस बसपार्कमा पुगेर जन्मजयन्ती सभामा परिणत हुने उहाँले बताउनुभयो । कार्यक्रममा राप्रपाका बरिष्ठ नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने छ । जन्मजयन्ती सभामा धार्मिक अगुवा तथा सामाजिक अन्य व्यक्तित्वले सम्बोधन गर्ने कार्यतालिका छ ।

यसैबीच राप्रपा चितवनले एक प्रेस विज्ञप्ति जारी गर्दै पृथ्वी जयन्ती तथा एकता दिवसको पुस २७ गते कार्यक्रममा सामाजिक तथा धार्मिक संघसंस्थाको एक्यवद्धता रहेको जनाएको छ । राप्रपा चितवनका सचिव केशवराज भण्डारीद्वारा जारी विज्ञप्तिमा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुन जिल्लाबासीमा अपील समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>