चितवन विशेष

गृहमन्त्री थापाद्धारा नेता जेएन थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी

Banner

चितवन,पुस २०-

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । कोभिड–१९ को संक्रमणसंगै निमोनियाका कारण विरामी पर्नुभएका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुग्नुभएको हो ।

भेटमा गृहमन्त्री थापाले थपलियाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै केहीबेर कुराकानी गर्नुभएको थियो । कोरोना संक्रमण भएको एकहप्तापछि रिपोर्ट नेगेटिभ आएपनि थपलिया विगत एक महिनादेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । गृहमन्त्री थापा आज नेकपा (ओली समूह) चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन आउनुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>