Breaking News

प्रचण्डले जनयुद्धमा वन जङ्गलमा भेटेका सबैलाई केन्द्रिय सदस्य बनाएः टोपबहादुर रायमाझी

Banner

बुटवल,पुस १९-

नेपाल कम्युुनिष्ट पार्टी (ओली पक्ष)का नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डलाई पार्टी संचालनका लागि कार्यकारी अधिकार दिंदा प्रधानमन्त्रीको पदमाथि आँखा गाडेको बताउनुभएको छ । नेकपा (ओली पक्ष) रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले पार्टी एकिकरणको काम पुरा गर्नु भन्दा प्रधानमन्त्री बन्ने तर्फ ध्यान दिएको आरोप लगाउनुभयो । मन्त्री रायमझीले आफ्नै पार्टीलाई काम गर्न नदिएर अवरोध गर्नु प्रतिगमन भएको टिप्पणी गर्दै जनताको अभिमतका लागि आफ्नै पार्टीको सरकारलाई असहयोग गर्ने संसद भंग गर्नु अग्रमन भएको दाबी गर्नुभयो ।

ओली जत्तीको साहसी नेता अरु कोही नभएको उल्लेख गर्दै मन्त्री रायमाझीले भुकम्प र नाकाबन्दी एकैपटक थेग्न सक्ने खुबी अरु कसैमा नभएको बताउनुभयो । केपीको बोली गोली जस्तै। बोले पछि बोल्यो बोल्यो । नेता यस्तो हुनु पर्छ । उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डलाई ३३ वर्ष सम्म टिका लगाएर अध्यक्ष बनेको आरोप लगाउंदै रायमाझीले जनयुद्धमा बन जङ्गलमा भेटेका सबैलाई टिका लगाएर केन्द्रीय सदस्य बनाईएको दाबी गर्नुभयो। तत्कालिन माओबादी भित्र सिस्टम नै थिएन । रायमाझीले भन्नुभयो, ३० हजार सेना कहाँ गए ? त्यहाँ बसेर आशा भएन । तत्कालिन एमालेमा त्यतीबेला देखि नै सिस्टम व्यवस्थापन रहेको उहाँको भनाई थियो । उहाँले संसद पुनस्थापना नहुने ठोकुवा गर्दै मुल पार्टी पनि ओली पक्ष नै रहने दाबी गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>