Breaking News

चितवनको टिकौली चौरमा कृष्णसार ल्याइँदै, सम्भाब्यता अध्ययन सुरु

Banner

चितवन, पुस १८-

चितवनको टिकौली चौरमा कृष्णसार ल्याइने भएको छ ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनको पहलमा दुर्लभ वन्यजन्तु कृष्णसार ल्याउन कार्यदलले स्थलगत अध्ययन थालेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत बनेको सम्भाव्यता अध्ययन कार्यदलले बासस्थान र आहारलाई प्राथमिकतामा राखेर अध्ययन थालेको छ । टिकौलीमा कृष्णसार स्थानान्तरण गर्ने गरी पुस ९ गते राष्ट्रियस्तरमा कार्यदल बनाएको थियो । रंगशाला निर्माणको लागि सरकारले बजेट बिनियोजन गरेर पनि सफल हुन नसकेको टिकौलीचौरमा हरिण प्रजातिको कृष्णसार ल्याउने गरी अध्ययन सुरु भएको रत्ननगरका मेयर वनले बताए ।

कार्यदलका संयोजक तथा विभागका इकोलोजिष्ट हरिभद्र आचार्य नेतृत्वको टोलीले टिकौलीचौरको अवस्था, बासस्थान र आहार, स्थानान्तणको उपयुक्त समय, कृष्णसार राख्ने क्षेत्रको संरक्षण र व्यवस्थापनको मोडालिटी तथा अनुमानित लागतको विषयमा अध्ययन गरेको हो । कार्यदलले रत्ननगरको टिकौलीचौर कृष्णसारको बासस्थान र आहारको हिसाबले उपयुक्त रहेको निष्कर्ष निकालेको छ ।

क्षेत्रफल सिमित भए पनि बासस्थान र आहारको हिसाबले टिकौलीचौर कृष्णसारका लागि उपयुक्त देखियो कार्यदलका संयोजक आचार्यले भने अझै पनि घाँस र पानीको स्रोतका बारेमा शुष्मरुपमा अध्ययन गर्नेछौं । टिकौलीचौरको ४० हेक्टर क्षेत्र कृष्णसारका लागि उपयुक्त रहेको छ । उक्त क्षेत्रफलमा पहिलो चरणमा २५ देखि ३० वटा कृष्णसार स्थानान्तरण गरेर ल्याउन सकिने उनको भनाइ छ ।
सन् १९६० मा नेपालमा कृष्णसारको संख्या ९ वटामा झरेको थियो । संरक्षणको प्रयास गर्दागर्दै अहिले बर्दिया निकुञ्जको खैरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा करिब ३०० र शुक्लाफाटा वन्यजन्तु आरक्षमा १२१ को हाराहारीका कृष्णसार रहेको तथ्याङ्क विभागसँग रहेको छ । संकटमा परिसकेको कृष्णसार पछिल्लो समय बृद्धि हुँदै गएको भन्दै इकोलोजिष्ट समेत रहेका कार्यदलका संयोजक आचार्यले यसलाई बचाउन साना साना कुरामा ध्यान दिनु पर्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछानेले कृष्णसारले खुल्लाचौर मन पराउने भएकोले टिकौली उपयुक्त हुने बताए । यो क्षेत्र कृष्णसारका लागि धेरै राम्रो र धेरै नराम्रो पनि होइन उनले भने बासस्थान र आहारको व्यवस्थापन गर्न सकियो भने अस्थित्व रक्षा गर्न सकिन्छ । रत्ननगरका मेयर वनले पर्यटन विकासको लागि कृष्णसार कोसेढुंगा सावित हुने भन्दै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए । कृष्णसार जोगाउन चुनौती हुन सक्छ उनले भने त्यसको सामना गर्न हामी तयार छौं ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>