Breaking News

चितवनका १५ सहित देशभर २१३ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या शून्यमा झर्‍यो

Banner

चितवन, माघ १५-

चितवनका १५ कोरोना संक्रमितसहित नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन । बुधबार भने ३ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनमा १५ सहित उदयपुरमा १, ओखलढुङ्गामा १, मोरङमा १, सुनसरीमा १, सोलुखुम्बुमा १, सप्तरीमा १, काठमाडौँमा १०७, काभ्रेमा २, दोलखामा १, धादिङमा २, भक्तपुरमा ६, मकवानपुरमा १, रसुवामा १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा १२, गोरखाका २, तनहुँमा ४, नवलपरासी पूर्वमा २, पर्वतमा १, लमजुङमा १, स्याङ्जामा १, अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ७, बाँकेमा ५, रुपन्देहीमा १०, जुम्लामा १ र बझाङमा ५ जना संक्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>