चितवन विशेष

चितवनमा १५ दिने निःशुल्क ड्राइभिङ तालिम सुरु

Banner

चितवन, माघ १३-

चितवनमा १५ दिने निःशुल्क ड्राइभिङ तालिम आजबाट सुरु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं २ को आयोजनामा र गल्फ मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर मिल्स एरिया, क्षेत्रपुरको समन्वयमा तालिम सुरु भएको हो । आज उद्घाटन गरिएको तालिम भोलिदेखि औपचारिकरुपमा प्रारम्भ हुनेछ ।

तालिमको औपचारिक उद्घाटन भरतपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठले गरेका हुन् । तालिममा वडा भित्र रहेका २० वटा टोल विकास संस्थाबाट २३ जना प्रशिक्षार्थीहरूले प्रत्यक्ष लाभ लिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>