कर्पोरेट

टिकटकमा उत्कृष्ट हुनेलाई हेलिकप्टरमार्फत् गोसाइँकुण्ड घुम्ने अवसर

Banner

चितवन, पुस १६-

प्रभु क्यापिटलले टिकटक क्याम्पियनआयोजना गरेको छ ।

टिकटक भिडियोहरुबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले टिकटक एकाउन्टमा अपलोड गरेको प्रभु क्यापिटलको गीत र सोही क्याप्सन सहितआफ्नो टिकटक भिडियो अपलोड गरेर यस प्रतियोगितामा सहभागिता जनाउन सकिन छ ।

पुस ९ गतेदेखि माघ ८ गतेभित्र प्रभु क्यापिटलको गीतमा टिकटक बनाउने सहभागीमध्ये उत्कृष्ट भिडियो बनाउने तीन प्रतियोगीले प्रभु हेलिकप्टरको फ्लाइटमार्फत् गोसाइकुण्ड घुम्ने मौका प्राप्त गर्ने क्यापिटलले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ । हाल सबैको रुचि बनेको टिकटकमार्फत् हुने यस प्रतियोगिता उल्लेखनीय सहभागिता रहने अपेक्षा पनि गरिएको छ । साथै यस टिकटक प्रतियोगिताअवधिभरि प्रभु क्यापिटलमा निःशुल्क डिम्याट खाताखोल्ने अवसर पनि रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>