कर्पोरेट

ज्योति लाइफ इन्सुरेन्स र स्वर्ण लक्ष्मी सहकारीबीच बिमाबारे सम्झौता

Banner

चितवन, पुस १४-

ज्योति लाइफ इन्सुरेन्स र भरतपुरको स्वर्णलक्ष्मी सहकारीबीच बिमासम्बन्धी सम्झौता भएको छ ।

ज्योति लाइफ इन्सुरेन्सका क्षेत्रीय बिक्री प्रवन्धक ईश्वर विकल सापकोटा र सहकारीका प्रमुख कार्यकारी अधिकृत तुलसी थापाले आज सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सहकारीका सम्पूर्ण क्रणीहरुको बिमा ज्योति लाइफ इन्सुरेन्सले गर्नेछ । जसअनुसार क्रणीको मृत्यु भएमा किरिया खर्चदेखि क्रणको भुक्तानीसम्म र अंगभंग भएमा अवस्थाअनुसारको क्षतिपूर्ती रकम इन्सुरेन्सले बेहोर्ने छ । सम्झौतामा हस्ताक्षर कार्यक्रममा ज्योति लाइफ इन्सुरेन्स नारायणगढका शाखा प्रवन्धक सिद्धिप्रसाद श्रेष्ठ र सहकारीका अध्यक्ष कृष्णकुमार तामाङको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>