कर्पोरेट

चिनियाँ पर्यटकलाई लक्षित गरी एनआईसी एशिया बैँकले थाल्यो वीच्याट–पे भुक्तानी

Banner

चितवन, पुस १४-

एनआईसी एशिया बैँकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी सेवाको थालनी गरेको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्तिअनुसार यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत् भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि यो सेवाको थालनी गरिएको बताइएको छ । बैँकसँग फष्ट पे टेक्नोलोजी प्रालि र चीनको स्वीफ्टपास कम्पनीबीच त्रीपक्षीय सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ । उक्त सम्झौतापत्रमा बैँकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्विफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस सम्झौता पश्चात् वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताले यस बैँकअन्तर्गतका मर्चेन्टहरूमा राखिएका कोड स्क्यान गरेर डिजिटलरुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । बैँकले वीच्याट–पेबाट भुक्तानी प्राप्त गर्न चाहने मर्चेन्टहरूका लागि बैंकको वेबसाइट मार्फत् आवेदन दिन सकिने व्यवस्था गरेको छ । ‘डिजिटल फष्ट बैँक’ बन्ने आफ्नो दीर्घकालिन रणनीतिलाई हासिल गर्नका लागि यस बैँकले ग्राहकमाझ सहज एवम् सबल बैँकिङ सुविधाको लागि हालसम्म देशभर १५ हजार बढी मर्चेन्टहरू खडा गरिसकेको छ । देशभर यसरी सञ्जाल बिच्छाउन सफल भएपश्चात् वीच्याट–पेलाई आफ्नो भुक्तानी प्रणालीमा ल्याउनुले नेपालको डिजिटल भुक्तानीको इतिहासमा नयाँ मानक थप्ने बैँकले विश्वास लिएको छ ।

हाल कोरोना महामारीका कारण पर्यटक आवतजावत निकै कम रहे पनि बर्सेनि चीनबाट ठूलो संख्यामा पर्यटक घुम्न आउने गरेको सरकारी तथ्याङ्क छ । यसरी नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य योगदान दिइरहेका चिनियाँ पर्यटकले यहाँ आएर विभिन्न सेवा तथा सामग्री खरिद गरी सहजरुपमा वीच्याट–पेमार्फत भुक्तानी गर्न सक्नेछन् । चिनियाँ नागरिकमा अत्यन्त लोकप्रिय रहेका उक्त मोबाइल वालेटको सेवा नेपालमा समेत सुचारु हुँदा चिनियाँ पर्यटकलाई अत्यन्त लाभदायी हुनेछ र यसले नेपालमा चिनियाँ पर्यटकले सामग्री तथा सेवामा खर्च गर्ने प्रक्रियामा सहजता ल्याई राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा समेत सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।

‘डिजिटल फष्ट बैँक’ बन्ने दीर्घकालिन रणनीति अपनारहेको यस बैँकले समयअनुरुप विभिन्न डिजिटल बैंकिङका योजनाका साथ आम जनमानसमाझ आफ्नो बलियो उपस्थिति जनाइसकेको छ । सोही रणनीति अनुरुप बैँकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस वीच्याट–पे मोबाइल वालेट सेवामार्फत् संस्थागत ग्राहकले सहज एवम् सरल रुपमा सुविधा उपभोग गर्न सक्नेछन् । स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य वृद्धि भएसँगै डिजिटल कारोबार गर्ने महानुभावको संख्यामा समेत तीव्ररुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको अभियानलाई योगदान पु¥याई मुलुकको अर्थतन्त्रलाई सबल बनाउन यो साझेदारी सहयोगी बन्ने बैँकको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>