स्वास्थ्य

भारतमा पनि देखियो बेलायतमा फेला परेको नयाँ स्वरुपको कोरोनाभाइरस

Banner

काठमाडौं,पुस १४-

बेलायतमा फेला परेको नयाँ स्वरुपको कोरोनाभाइरसको संक्रमण भारतमा देखिएको छ। बेलायतमाबाट भारत फर्केका ६ जनालाई नयाँ स्वरुपको कोरोनाभाइरस संक्रमण पुष्टि भएको समाचार माध्यम दैनिक भास्करले जनाएको छ। यद्यपि, यी संक्रमितहरु कहाँ फेला परेको भन्नेबारे कुनै स्पष्ट भएको छैन। फेला परेका संक्रमितहरुको स्वाब ब्याङ्लोर, हैदराबद र पुणेमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको दैनिक भास्करले जनाएको छ । संक्रमित ६ जना मध्ये तीन जनाको ब्याङलोर, दुई जनाको हैदराबाद र एक जनाको पुणेको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।

हालसम्म बेलायतमा कोरोना भाइरसका दुई खतरनाक स्वरुपहरु भेटिएका छन्। पहिलो स्वरुप फेला परेपछि २१ डिसेम्बरबाट भारत सरकारले बेलायतबाट आउने उडानहरूलाई प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध डिसेम्बर २२ मध्ये रातिदेखि ३१ डिसेम्बर मध्ये रातिसम्म लगाइएको थियो। प्रतिबन्ध लगाउनुभन्दा अघि बेलायतबाट भारत आएका सबैको एयरपोर्टमा स्वास्थ्य परिक्षण गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>