Breaking News

चितवनमा प्रचण्ड–माधव समूहका युवाले निकाले मसाल जुलुस

Banner

चितवन, पुस १३–

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहका चितवनका युवाहरुले मसाल जुलुस निकालेका छन् । मंगलबारको बृहत् प्रदर्शनको पूर्वसन्ध्यानमा प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै जुलुस मसाल जुलुस निकालिएको हो ।

भरतपुरको लायन्स चोकदेखि निकालिएको जुलुस सहिद चोकसम्म पुगेको थियो । मसाल जुलुसमा नेकपाका युवा नेताहरु आरसी अधिकारी, धर्म कार्की, सन्तोष पनेरुलगायत सयौं संख्याका युवा तथा विद्यार्थी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सहभागी नेकपा युवाहरुले केपी ओलीले गरेको संसद विघटनको विरोध गरेका थिए । उनीहरुले संसद पुनस्र्थापनाको माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित बनेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>