Breaking News

देशभर ६५९ जना कोरोना संक्रमित थपिए, सात जनाको मृत्‍यु

Banner

काठमाडौँ, पुस १३-

नेपालमा पछिल्लो २४ घण्टामा थप ६५९ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ५८ हजार ८४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या दुई लाख ५० हजार ५८१ पुगेको छ। देशभर ६ हजार ४२७ जना सक्रिय संक्रमित रहेका छन् भने ३६९ जना क्वारेन्टिनमा छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ८३२ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>