कर्पोरेट

सिजी ल्यान्डमार्कमा दसैं अफर विजेता थापाले पाए रे जेड स्कुटर

Banner

भरतपुर, पुस १२-

भरतपुरको सिजी ल्याण्डमार्कले दसैं, तिहार छठ जस्ता चाडपर्वको अवसरमा ल्याएको आकर्षक उपभोक्तामुखी स्किम ‘मेगा फेस्टिभ अफर’ को विजेता लक्की ड्रमार्फत विजेता घोषणा गरेको छ ।

सिजी ल्यान्डमार्कले चाडपर्वको अवसरमा मलमा एक हजार रुपैयाँभन्दा माथिको किनमेल गर्ने ग्राहकका लागि यामाहाको रे जेड स्कुटरलगायत अन्य आकर्षक उपहार जित्न सक्ने अफर ल्याएको थियो ।

मल म्यानेजर उज्ज्वल केसीका अनुसार उक्त मलको जुनसुकै पसलमा एक हजार रुपैयाँभन्दा बढीको सपिङ गर्ने ग्राहकले एउटा
लक्की ड्र कुपन निःशुल्क पाएका थिए । तिनै कुपनहरुलाई समावेश गरेर क्रिसमसका दिन बिहीबार लक्की ड्रमार्फत विजेता चयन गरिएको हो ।

केसीका अनुसार नवराज थापा कुपन नम्बर १२६९२ ले यामाहाको रे जेड स्कुटर, सुरेन्द्र शर्मा कुपन नम्बर २३४३ ले गोदरेजको वासिङ मेसिन र राम श्रेष्ठ कुपन नम्बर १७५८८ ले सिजीको रेफ्रिजिरेटर, दुर्गा भुसाल कुपन नम्बर १८५०३ ले सिजीको एलइडी टिभी, दिप नारायण महतो कुपन नम्बर १९८०४ ले सामसुङ स्मार्टफोन, बेदबहादुर आले कुपन नम्बर ११०७४ ले सिजीको माइक्रोवेभ ओभन, निश्चल शर्मा कुपन नम्बर ९०७१ ले सिजीको भ्याकुम क्लिनर, शास्वत न्यौपाने कुपन नम्बर २२३०३ ले किड साइकल, यसै गरी इभो मोबाइलको तर्फबाट १० जनालाई बार मोबाइल फोन र ३५ जनाले मेघौली सेराई, फ्रेन रेजिडेन्सी, सिजी रिट्रिटका र जंगल सफारी लजको तर्फबाट भ्याकेसन प्याकेज जित्नु भएको छ । साथै १० जनालाई भरतपुरको पुरानो मेडिकल कलेजको तर्फबाट हेल्थ केयर प्याकेज जितेको केसीको भनाइ छ ।

केसीले ‘मेगा फेस्टिभ अफर’ मा सहभागिता जनाउने सम्पूर्ण ग्राहकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उपभोक्तामुखी अफरहरु ल्याउने प्रतिबद्धता जनाए । ‘मेगा फेस्टिभ अफर’ मा देखिएको सहभागिताबाट आफूहरु निकै उत्साहित भएको उनको भनाइ छ । यो योजनाको उपहारको विजेताहरुलाई नयाँ वर्षको दिन हस्तान्तरण गरिने व्यहोरा मल म्यानेजर केसीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>